Posts

सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

प्रहरी जवानहरू द्वारा राजगढ २ का वडा अध्यक्ष को बाईक बारे गलत भिडियो बनाई अफवाह फैलाईएको अध्यक्ष सिंह को भनाई :

Image
राजगढ गाउँपालिका को वडा न.२ नजिक भारत सीमा मा अवैध माल समान हरू ओसार पोसार हुनु कुनै नौलौ कुरा होइन । तर यस बनैनियां बेस क्यामपमा इन्सपेक्टर सत्रुधन ठाकुर आएदेखि यहाँका आमजनताहरूलाई दु:ख दिने रु ५०० देखी रु १००० समान समातेर  खाईदिने यस्ता धेरै उदाहरणहरू छ । यी विषयहरूलाई लिएर राजगढ २ का अध्यक्ष श्री ललित प्रसाद सिंह ज्यु ले D.I.G साहेव,C.D.O साहेव  ,S.P साहेव लगायत पटक पटक जानकारी गराए तथा लकडन को बेला मा समिती गठन गरेर केटाहरूलाई निर्देशन दिई डियुटि समेत खटाएको थिए।  गत २०७७/०४/११ गते राती अवैध समान भरीएको ट्रेक्टर भारत तिर लैजान खोज्दा आमजनता रोक्न खोजे पछि सय न्नन्द किशोर मण्डल र प्रहरी का जवानहरु  मीली भारत तिर छिराएको थियो । यहि विषयलाई लिएर अध्यक्ष सिंह ज्यु ले  १०० नम्बर मा फोन गरी घटना को जानकारी गराए पछि D.S.P साहेव तिलक भारतीको संयोजकत्व मा छानबीन हुंदैछ त्यसमा वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु  लगायत त्यहाँका स्थानीयहरू साक्षी बसेका पनि छन। सोहि विषयलाई लिई मिती २०७७/४/२६ गते सस्त्र बेस क्याम्पमा समान्य छलफल हुंदा  बेस क्याम्पको अगाडि वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु को मोट

नरसिंह हिन्दू सेनाका अध्यक्ष विष्णु प्रताप साह लाई बिना कारण प्रहरीले पक्राउ :

Image
राजविराज । नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई विना कारण पक्राउ गरी थुनामा राखेको आरोप उनका समर्थकहरुले लगाएका छन् । सामाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा उल्टै समुदायबीच अफवाह फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समर्थकहरुले जनाएका छन् । उनलाई बिना कारण र झुठो आरोपमा पक्राउ गरिएको नरसिँह हिन्दु सेना नेपालले जनाएको छ । साहले समाजिक अपराध विरुद्ध आवाज बुलन्द गर्दा उनलाई हिन्दु मुस्लिम बीचको अफवाह फैलाउने कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेकोमा उनका समर्थकहरुले आपत्री जनाएका छन् । सप्तरीको कडरवोनास्थित एक किशोरीलाई विगत १ वर्षदेखि सोही स्थानका एक ४० बर्षिय पुरुषले सताइरहेको, दुःख दिरहेको जानकारी पाएपछि साहले प्रहरीमा उजुरी गर्न गएको बेला उनलाई पक्राउ गरिएको बताइएको छ । किशोरीलाई दुःख दिने पुरुषलाई कार्वाहीको माग गर्दै स्थानीय प्रहरीमा रिपोर्ट गर्न जाँदा सताउने व्यक्तिको समुदायले सो कुराको भनक पाएर पहुँचबाला व्यक्तिसँगको दबाबमा साहलाई तत्कालै पक्राउ गरिएको साहको तर्फबाट वकालत गरिरहेका अधिबक्ता विनोद पाण्डे जानकारी दिए । जाहेरी बिना नै उजुरी गर्न गएको स

सप्तरीको आइसोलेशनको सहि सत्य तथ्य आबाज उठाउदा , कोरोना बिरामी पाए यस्तो पिडा

Image
साउन‐२५ सप्तरी -नबिन यादब  राजविराज स्थित साई कृष्ण मेडिकल कलेज मा रहेको अस्थायी आइसोलेशन सेन्टर मा कोरोना संक्रमित भइ भित्र आएको दिन बस्ने स्थिति थिएन, चौतर्फी फोहोर नै फोहोर को अवस्था देख्दा मन घृणित हुन पुगेको थियो, कहाँ आइसकेको छु, कसरी यस्तो फोहोर बाट संक्रमित मुक्त भइ बाहिर निस्कने भइरहेको अवस्थामा पिडित साथीहरु संग कुराकानी गर्दै सरसफाई भन्दा पनि अगुणस्तरीय खाना नास्ता खुवाउँदै छ, ।  संक्रमित साथीहरुले बिगत को भोगाईहरु को बारेमा घण्टो व्यथित सुनायो र त्यतिबेला नै मन मस्तिष्क देखि एउटा सत्य को अवाज उठाउन अटोट गरि सके पछि लगातार आज सम्म भित्र भोगिरहेका गुणासोहरु समाजिक सञ्जाल मार्फत भिडियो कन्फरेन्स को साथै समय समयमा मोबाइल बाट लाईभ गरेर सत्य तथ्य सार्वजनिक गर्न शुरु गरे । उक्त आइसोलेशन को अधिकांश संक्रमित साथीहरु को साथ र सहयोगले सरसफाई सहित अगुणस्तरीय खाना को लागि अवाज उठाउँदा बाहिर रहेको युवा, बिधार्थी, दाजु भाई तथा दिदीबहिनीहरु को साथ पाउँदा निकै हर्सित महसुस भएको थियो।अब हाम्रो मांग समस्याहरु समाधान हुन्छ।  आइसोलेशन प्रमुख डा रंजित झा सर द्वारा मिडिया मा खुलेआम केही गुण्डाहरु

सप्तरीको तिलाठि कोइलाडी गाउँ पलिकामा एका तिर कोरोनाको कहर अर्को तर्फ हटियाको लहर

नविन यादव  सप्तरी जिल्लामा दिन प्रतिदिन कोरोनाको कहर बढ्दै गएको हुनाले सप्तरी जिल्लामा कोरोना  नियन्त्रण तथा राेकथामका लागि पुरै जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि अाचार्यले जानकारी दिनु भएको थियो । साउन २० गते मंगलबार विहान ५ बजे देखि साउन २६ गते साँझ ६ सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।  उक्त जिल्लाको तिलाठी कोइलाडी गाउँपलिका मा अहिले सबै भन्दा बढी कोरोनाको पडित बिरामीहरू पनि भेला परेको छ, त कतै तिलाठि कोइलाडी गाउँपलिका को लोनिया गाउँ पनि सिल गरिएको समाचार हरू पनि प्रकाशन भएको छ। सोही गाँउपलिका लपरबाही को कारनले दिन प्रतिदिन कोरोने कैश हरू थपिदै गएको सर्व सधारन जन्ताको गुनासो देखा परेका छन्।  सोही गाउँपलिका को को बर्साइन वाड नं ५ राम जी हटिया बेबसथापन समिति र वडा अध्यक्ष ,हटियाको ठिकेदारको यो लपरबाही को कारनले जन्ता ज्यान जोखिम गरेर किन मैल पछि लागेको छ।  यस्तो अवस्थामा नियम कानुन को अपहेलाना गरि ठिक तरिका सहज तरिकाले हटियाको ब्यबस्थापन नगरिकन मन पर्दि ढगले संचालनमा लयाएको हुनाले यो प्रति सम्बन्धित निकाय को ध्यान केन्द्रीत होस।

जनकपुरमा अस्पतालको डाक्टर र रेडक्रसको लापरबाहीले एक महिलाको मृत्यू

Image
जनकपुरधाम उपमहानगरपालिका ६ स्थित राम जानकी हस्पिटलमा डाक्टर र रेडक्रसको लापरबाहीले प्रसुती गराउन आएकी एक महिलाको मृत्यू भएको छ । फरक ब्लड गु्रप चढाएपछि महोत्तरीको गौशाला घर भएकी २२ वर्षीया गंगादेवी महतोको आज विहान मृत्यू भएको हो । अप्रेश्न गरेर प्रसुती गराएपछि ति महिलाको स्वास्थ्य अवस्था बिग्रेको थियो । डाक्टरले ब्लड चढाउनुपर्छ भनेपछि आफ्न्तले स्याम्पल लिएर रेडक्रसमा गएर ब्लड ल्याए । रेडक्रसले अर्कै गु्रपको ब्लड दिए र डाक्टरले पनि त्यही ब्लड चढाएपछि उनको मृत्यू भएको बुझिएको छ । मृतकका आफ्न्त रामहरी महतोले रेडक्रस र डाक्टर दुबैको लापरबाही देखिएको बताएका छन् । उनले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । अहिले अस्पतालका डाक्टरहरु फरार भएका छन् । 

सप्तरी जिल्लाको लापरवाही आइसोलेशन प्रति वुद्धिजिवी युवाहरु द्वारा चेताबनी!

Image
नबिन यादव , साउन २० सप्तरी जिल्लाको सदरमुकाम राजबिराज रहेको साईकृष्षा मेडिकलमा रहेको आइसोलेशन सेन्टरमा चरम लापरवाही भएको वुद्धिजिवी ,समाजसेवी युवा बलराम यादव ,बिषनु यादब , बिकी सिहं, मोहन यादव, अनवर अल्ली ,सुगन सिह ,राजु मंडल ,सतेन्द्र यादव अरोप लगाएका छन् । उक्त आइसोलेस्न बाट सम्बन्धि सबै ब्यक्ति एवं निकायको मिलोमतोमा लापरबाही भएको यादवले बताएका छन् । सरकारले आइसोलेसनको लागी तोकेको मापदण्डको धज्जिया उडाइएको छ भने सरकारले उपलब्ध गराउन भनेको खाने बस्ने र उपचारको सुबिधा नाउमात्रको रहेको पाइएको यादवले आरोप लगाएका छन् । उक्त आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितहरुले लाइभ भिडियो सार्बजनिक गरि त्यहाँको कमि कमजोरी एवं लापरबाहीलाइ सार्बजनिक गरि सकेका छ्न । त्यसा आइसोलेसन सेन्टरलाइ ब्यवस्थित बनाउन निरंतरता बिरोध एवं खवरदारी गरिएको छ , पुर्ब सिचाइ मन्त्री उमेश यादवको नेतृत्वमा शान्तिपुर्ण प्रदर्शन भएकै हो तर अहिले सम्म समस्या ज्यो का त्यो छ । संक्रमितलाइ पोस्टिक खाना खुवाउन , उचित हेरचाहका लागी सरकारले बजेट देकैछ तर आइसोलेसनका ब्यवस्थापन पक्षले भने पुर्णरुपमा गैरजिम्मेवारी पन देखाइ