सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन !
Comments
Post a Comment