सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तकोसी नगरपालिका भित्रका मस्जिद लगायत वरिपरि बसोबास गर्ने स्थानीयको आरडिटि टेस्ट



बैशाख-७
सप्तरी सम्वादाता अर्चना परियार

सप्तरीको सप्तकोसी नगरपालिका भित्र रहेका मस्जिद र त्यस वरिपरि बसोबास गर्ने केही स्थानीय ब्यक्तिहरुको आज नोबेल कोरोना भाइरस (कोभिड -19) को संक्रमणको आशंकामा आरडिटी  परिक्षण गरिएको छ ।
   वडा नम्बर २ सिद्धिपुर मा ४ महिला सहित ६५ जाना र वडा नम्बर ४ मा ५ महिला सहित ३१ जानाको अारडिटि परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादबले जानकारी दिए। अारडिटि परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको यादवले बताए । आरडिटी पश्चात्  सप्तकोशि नगरपालिका भित्र कोभिड 19 को सन्त्रास केहिहद सम्म सामान्य बनेको छ ।
       उदयपुरको बोक्सेमा रहेका मुस्लिम जमातिमा कोभड 19 को संक्रमीत भेटिएपछि उनीहरुको पहिले सम्पर्कमा रहेको सप्तकोसी नगरपालिका वडा नम्बर १,२ र ४ मा रहेको मस्जिद लगायत त्यस वरिपरिका स्थानीय व्यक्तिहरुको समेत आरडिटी परिक्षण गरिएको र त्यसमध्ये वडा नम्बर १ का एक ७२ वर्षिय पुरुषमा अारडिटि परिक्षण पोजिटिभ देखिएको नगर प्रमुख शर्माले बताए ।
         आरडिटी परिक्षणको क्रममा आज सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बद्री नारायण चौधरी, केही राजनीति दलका प्रतिनिधि र स्थानीय पत्रकार लगायत केही स्थानीयबासिहरुको समेत आरडिटी परिक्षण गरिएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम