Posts

Showing posts from May, 2020

सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीमा २ जनाले गरे आत्महत्या !

Image
 नबिन  यादव ,सप्तरी सप्तरीमा दुईजना झुन्डिएर आत्महत्या गरेको घटना बाहिर आएकोछ । जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटना बारे थाहा पाउनासाथ प्रहरी टोली गई अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले जानकारी दिए । यसैगरि महदेवा गाउँपालिका ४ डाढा टोल बस्ने १४ वर्षिया किशोरी सन्तोषि मण्डलले पनि शनिबारै राती आफ्नो घरको कोठामा सलको पासो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।

AQUA पानीले गरे कालोबजारी उत्पादन मिती भन्दा पहिलाको ने मिति लेखेर बजारमा लयाएको

Image
सप्तरी-नबिन निखिल जेष्ठ-१३ AQUA पानिले बजारमा कालो बाजारी गर्दे आईरहेको छ । अकवा पानीको उत्पादन मिती मेए २७ रहेको छ तर आजको मिती मेए २६ ने हो । सप्तरी जिल्ला लागाएत बिभिन सहर बजार गाँउमा अकवा पानीले आफ्नो उत्पादन मिती भन्दा पहिले ने बजारमा बितरी बितरन गर्दै आएको छ । मैले किनके अकवा पानिको उत्पादन मिती हेर्दा खेरी मेए २७ रहेको छ तर आज को मिति मे २६ ने हो यो अकवा पानि बजारमा उत्पादन मिती भन्दा आगाडी प्रस्त मात्रा मा पसल हरूमा पाउदै आएको छ । अकवा पिनिले आफनो उत्पादन मिती भन्दा पहिला ने कालो बाजारी गरेर पानि बितरन गर्देछ । यो लाई हामि के भन्न सक्छो लकडोनको मोका उठाउदै अकवा पानिले गरेको कालोबारी यस्तो पानिको उत्पादन कमपनि लाई के गर्नु पर्यो सल्लाह सुझाव ब्यक्त गरनु होला

मलेसिया मा नेपाली कामदारहरु लाई घाईते बनाई मोबाईल पैसा लुटेको :

Image
आज विहान मलेसियाको  सलेंगर जिल्ला स्थित संतोषा(बिके), केलांग  भन्ने ठाउँमा नेपाली कामदारहरु कम्पनी काम गर्न जाने बेला विहान 7:00 am मा कमदारहरु बसको प्रतीक्षा मा बसेको बेला त्यहा का कालेहरुले तरबार, चक्कु हेराएर मोबाईल पैसा समेत लुटेको र केही कामदार संग मोबाइल पैसा न भएको कारण घाईते पारेको छ। कामदारहरु मेलेसिया को Kawan Food Manufacturing Sdn Bhd काम गर्दै आएका छन । कामदारहरुले घटना बारे कम्पनीको बोस लाई भनेको तर कम्पनी को बोसले नेपाली कामदारहरुको  सुरक्षा को लागि केही व्यवस्था गरेका छैन । नेपाली कामदारहरु को भनाई अनुसार पटक पटक यस्तो किसिमको घटना हुँदै आईरहेका छ्न तर कम्पनीले कामदारहरुको सुरक्षाको लागि केही वास्ता गर्दैन।

पपुलर एफएम को रेडियो क्रमी र गितकार सरोज मंडल सुनसरीया को निधन

Image
पपुलर एफएम को सहकर्मी र मैथिल मिथला क्षेत्रको गितकार सरोज मंडल सुनसरीया ज्युको निधन  बैशाख ‐२६ नबिन यादब सुनसरी जिल्ला निवासी गीतकार कवि र Popular एफएम द्वारा प्रत्येक शुक्र दिनको १:०० - २:०० बजै सम्म प्रसारित 'मधुर मिथिला' कार्यक्रमक संचालक मैथिली भाषा-सँस्कृतिक स्वच्छ हृदय एवं दूरगामी लोक प्रिय सरोज मण्डल 'सुनसरिया' जी को आकस्मिक निधन भएको छ । एक दशक लामो समय देखि पपुलर एफएम मा मैथली कार्यक्रम मा महत्पूर्ण योगदान दिएको छ ।त्यस्तै गरी गित संगित क्षेत्रमा एक सय भन्दा बढी गीतहरु को रचना गरेर स्रोता माँझ प्रस्तुती गरिएको थियो । केहि दिन देखि उहाको स्वास्थ एकदमै खराब देखिएको हुनाले उपराचारको लागि धारान अस्पताल लगेको थियो । एकाशि आज करिब ७ आठ बजै को समेय मा निधन भएको गायक मनोज भोला यादबले जनकारी गराएको छ। सम्पुर्न रेडियो क्रमी लगाएत मैथली गित संगित को गायक, गितकार ,रजनाकार समेत उहाको शोकाकुल परिवारलाई धैर्यधारणको क्षमता प्रदान को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण ब्यक्त  गरनु भएको छ ।

नेपालमा थप ९ जना कोरोना संक्रमित: #Covid19Nepal

Image
२१ वैशाख , बाँके जिल्लाको नेपालगञ्जमा आज फेरि थप  ९ जनामा कोरोना संक्रमण देखा परेको रिपोट अनुसार पुष्टि भएका छन। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  प्रवक्ता डा. विकास देवकोटाको अनुसार नेपालगञ्जमा गरिएको स्वास्थ परीक्षण बाट संक्रमण उनीहरुमा कोरोना पोजिटिभ देखा परेका छन । संक्रमित मध्ये  पाँच जना पुरुष र ४ जना महिला रहेका छन । यो भन्दा पहिला नेपालगंजमा मात्र एकजनामा कोरोना संक्रमण देखापरेका थिए । आजको थप तथ्यांक अनुसार नेपालमा जम्मा कोरोना संक्रमित संख्या ६९ पुगेका छन। जस मध्ये १५ जना निको भैइ घर फर्किसकेका छ्न।

तिलाठी कोलाडी वाड नं ६मा वडा अध्यक्ष गोबिन्द यादव ले शान्ति पुर्वक तरिकाले राहत बितरण गरेको

Image
सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वाड नं ६ वडा अध्यक्ष गोबिन्द यादव द्वोरा राहतको काम काज सुसुम्पन  बैशाख-२१ सप्तरी जिल्ला को तिलाठी कोलाडी गाँउपलिका वाड नं ६ को वडा अध्यक्ष गोबिन्द यादब द्वोरा राहत बितरण गरिएको  छ । सो वडा मा घर धुरी ४०५रहेको मध्ये ४०५ वोटे घरमा राहत बितर गरिएको छ । प्रत्येक घरमा ६जना जनसङ्ख्या मा एक सेट राहत दिँदै थिए ।त्यसै गरि ७देखि ९सम्म भएका जनसङ्ख्या लाई दुई सेट र ११ भन्दा माथिलाई ३सेट गरि प्रदान गरेको थियो । चाबल १५केजी,दाल २केजी,तेल १प्याकेट, नुन १प्याकेट प्रदान गरिएको थियो । कसैलाई काखा पाखा नगरिकन शु सम्पन तरिकाले राहत बितरण गरिएको वडा अध्यक्ष गोबिन्द यादब ले जनकारी  गराएको छ ।

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

Image
      सप्तरी जिल्ला को तिरहुत गाँपलिकामा वाडा न ४मा एक मुस्ट करम लिई श्रीमती फरार भएको छ। श्रीमतीले बिभिन प्रत्रपत्रिका संचारमा  गराएको  समाचार सम्प्रेषण झुठैको    बैशाख २० सप्तरी जिल्ला को तिरहुत गाँपलिका वाड नं ४मा बस्ने चन्देश्बर यादवको घरको आर्थिक अवस्था कमि कमजोरी भएको ले दिन रात सोच्न बाध्य बन्दै गएको थियो। चन्देश्बर यादबको एउटा छोरा छोरी लाई कसरी पढाउने भने उदैशय लिएर एक बर्ष आगाडी काम काजको शिलशिलाम बिदैश गएको थियो । बिदशमा मेहनत गरेर, पसिना चुहाएर, आफनो घरपरिवारलाई कमाएको रकम दिन प्रतिदिन आफनो श्रीमतीलाई आदान प्रदान गर्दै आएको थियो । श्रीमती को समाजीक कुप्रथा सुनेर बिदैशमा कसरी अब बाच्ने,छोरा ,छोरी,घर परिवार को सपना कसरी पुरा गर्ने , दिन रात सोच्दा सोच्दै बिदैशक रोजगार छोडैर पुन:घर फर्केको थियो। घर फर्के पछि श्रीमान श्रीमतीको न राम्रो कुरति हेरेर समझाउन बुझाउन समान्य कुट पिट गरेको थियो ।बारम्बार समझाउदा श्रीमती न मानेको खन्डमा उहाको बुबालाई समेत जनकारी दिएको श्रीमान चन्देश्बर यादवको भनाइ छ । यता सप्तरी जिल्ला को तिरहुत गाउँपलिका को वाडा अध्यक्ष मनोज यादव ल

राजगढ गाउँपालिका मा राहत वितरण काम को शुरूवात :

Image
    वैशाख १९ सप्तरी, राजगढ गाउँपालिका वार्ड नं २ मा एक कार्यक्रम बीच राहत बितरण कार्य को शुरूवात गरिएका छ्न । प्रमुख अतिथि प्रदेश सांसद बीक्कि यादब, गा.पा. अध्यक्ष प्रमानन्द यादब र समाजका भर भलादमी को उपस्थितिमा वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु द्वारा कोरोना भाईरस को कारण लकडन बाट प्रभावित परिवारहरु लाई  आज देखि राहत वितरणको काम शुरुवात भएका छ्न ।राहत बाडने क्रम अति बिपन्न तथा पिछडिएका  परिवारलाई प्रथमिकता दिई राहत बितरण कार्य को शुरूवात गर्नु भएको छ । राहत स्वरुप दिईने खाद्यान्न सामग्रीहरु: चावल १५ किलो, दाल २ किलो र तेल १ किलो को दरले शुरूवात गर्नुभएका छन ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकले एफ एम को माध्यम बाट विद्यार्थीहरु को लागि कक्षा संचालन गरिएको :

Image
१९ वैशाख , शुक्रबार  निरन्तर लकडाउन भएको हुनाले विद्यालयहरु पनि बन्द भएका छन, जसकारण विद्यार्थीहरुलाई  आफ्नो पठन पाठनमा अप्ठ्यारो भैइरहेका छ्न । त्यसकारण  विद्यार्थीहरुलाई लक्षित गरेर सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले एफएम को माध्यम बाट कक्षा सञ्चालन गरिएका छ्न । राजविराजको सी-एफएमको सहकार्यमा ‘पाठशाला अपना घरेमे’ नामको मैथिली कार्यक्रम बिहिवार देखि सञ्चालनमा ल्याईएका छ्न । एस.ई.ई. परीक्षामा सहभागी हुने र कक्षा ९ देखी १० मा जाने विद्यार्थीहरुलाई लक्षित गरेर एफएमको को माध्यम बाट  कक्षा संचालन गरिएका छ्न। विद्यार्थीहरुको पठन–पाठन पूर्ण रुपमा ठ्प्प भएको हुनाले वैकल्पिक कक्षाको रुपमा एफएम द्वारा प्रशारणमा ल्याईएको शिक्षिका अरहुल कुमारी साह ले जानकारी दिईएका छन । विद्यालय पठन–पाठन सुचारु प्रत्येक दिन दुई घण्टा मातृभाषा  (मैथिली) तथा  विषय अनुसारको सम्वन्धित भाषामा पठन–पाठन सुरू गरिएको छ । ३० मिनेटको घण्टी अनुसार विषयगत कक्षा  सञ्चालन गरिएको गाउँपालिकाको अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिईएका छ्न। सप्तरी जिल्लाको १८ स्थानीय तहहरु रहेको एफएम बाट कक्षा सञ्चालनमा ल्