Posts

Showing posts from July, 2020

सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरी जिल्लाको को आइसोलेशन बाट ज्यान जोखिममा रहेको कोरोना पिडितहरुको दाबि

Image
      सप्तरी-सत्येन्द्र यादव श्रावण -१६ राजविराज नगरपालिका स्थित साई कृष्ण मेडिकल कलेज मा रहेको अस्थायी आइसोलेशन सेन्टर मा चरम लापरवाही भइरहेको छ। नेपाल सरकार द्वारा दिइएको सेवा स्रोत लाई समेत ध्यान मा नराखी नगरपालिका को प्रमुख शम्भु कुमार यादव र आइसोलेशन सेन्टर को प्रमुख डा रंजित कुमार झा समेत को चरम लापरवाहीले भइरहेको कुरा लाई सत्य तथ्य जाच गरि उपचारत ठाउँमा सफा सुधर गरि नेपाल सरकार को मापदण्ड मा रहेको सेवाहरू यथा सिघ्र लागु गर्न सामुहिक मांग सहित लापरवाही गर्ने जनप्रतिनिधि लाई रोग एन अन्तर्गत कार्बाही गर्न पिडित मुस्तकिम आलमले जानकारी गराएका छन्।     हाल ती आइसोलेशन सेन्टर भित्र एउटै कोठामा ४० भन्दा बढी कोरोना संक्रमितहरु लाई राखिएको छ, साथै बाथरुम ट्वाइलेट, वरिपरि फोहोर व्यवस्थापन नगरेर उपचार को नाममा ब्रहमलुट भइरहेको गुनासो त्यहाँ उपचारत रहेको राजविराज नगरपालिका वार्ड नम्बर तिन निवासी मोहम्मद मुस्तकीम आलमले जानकारी गराएका छन्। नेपाल सरकार को मापदण्ड मा रहेको आइसोलेशन सेन्टर मा कुनै पनि रुल फलो नभइरहेको फोटो र भिडियो लाईभ बाट जानकारी गराएका छन्। उक्त आइसोलेशन सेन्ट

सप्तरीको तिरहुत गाँउपलिकाको क्वारेन्टाइनमा युवा सब द्धोरा भुख हड़ताल

Image
साउन -२०७७-४-१० सप्तरी-सम्वादाता  सप्तरी जिल्ला को तिरहुत गाउँपलिका वाड नं ५लोहजरा गाउँको श्री सरस्वती जन्ता माध्यामिक विद्यालय मा रहेको क्वारेन्टाइन मा खाध्न सामाग्रीहरुको उजित ब्यबस्था नगरिएको हुनाले, सो क्वारेन्टाइन मा बसिने युवासब द्वोरा भुख हड़ताल गर्नु भएको छ । तिरहुत गाउँपलिका वाड नं ५ लोहजरा को क्वारेन्टाइन मा १८जना युवाहरू बसिराख्नु भएको छ । उहाहरूलाई न सम्यमा ज्वरो मापन गर्न आउँछ, न क्वारेन्टाइनमा खाने पानी, बिधुत,डोक्टर, माक्स,सेनिटाईजर , सरसफाई ,लगाएतको समशियाहरू लाई ध्यान नदिएको कारनले हामीहरू वाक् भएर आज भुख हड़ताल मा बसेको छु बताउनु भएको छ । तिरहुत गाउँ पलिका वाड नं ५को वडा अध्यक्ष रमानन्द चौधरी लाई पट पट भन्दा खेरी पनि हामीहरू लाई कुनै किसिमको पहल गर्नु भएको छैन, हेर्न पनि आउदैन, त्यही गाउँपलिका को अध्यक्ष मनोज यादव (भर्खे)लाई पनि कति चोटि भनेको पनि छु कुनै पहल गरिदिएको छैन, क्वरेनटाईमा बस्नै सिवा सदा, अनिल मुखिया,मोहमद ईजरायल, बैजनाथ पंडित, श्याम खंग, जय कृष्णा सदा लगाएतको ब्यक्ती हरूले गुनासो सुनाउनु भएको छन् ।

सुनसरी मा नेपाल प्रहरी र भारतिय समूह बिच गोलि हानाहान :

Image
सुनसरीको देवानगन्ज गाउँपालिकामा सुनसरी प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ । सुनसरी प्रहरी र भारतीय समूहबीच गोलि हानाहान हुँदा भारतीय समुहका दुइ जाना घाइते भएका छन् । बिसेस सुचनाको आधारमा भारतीय समुहलाइ नियन्त्रणमा लीन सुनसरी प्रहरी देवानगँज ३ पुगेका थिए । सुनसरी प्रहरी पुग्ना साथ भरतीय समुहबार गोली फायरिङ गर्दै दशगज्जा तर्फ भाग्न खोज्दा सुनसरी प्रहरीले गोली फायरिङ गर्दा भारतीय समुहका दुइजाना घाइते भएका छन् । दुवैतर्फबाट १०र१२ राउन्ड फायरिङ भएको थियो। सुनसरी प्रहरीले भारतीय समुहका घाइते दुवै जानालाइ नियन्त्रणमा लीएका छन् । प्रहरीले भारतीय समुहका पिन्टु र राजेश नाम को दुई जनालाई घाइते अवस्थामा नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जनकारी दिए। घुँडामा गोली लागेका पिन्टु र राजेशको उपचार भइरहेको छ।भारतीय समूहका अन्य पनि घाइते हुन सक्ने प्रहरीले अनुमान गरेका छन् । प्रहरीले फरार रहेको भारतीय समुहको खोजी गरिरहेका छन् । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्याग्जिन बरामद गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख कमल थापाले जनाएका छन् ।

सप्तरी मा यु. के एड को सहयोग मा रातो कार्डधारी र अपाङ्गता गरी ४६ परिबारलाई राहत

Image
सप्तरी, यु.के. एड को अार्थिक सहयोग भीएसओ नेपालसँगको साझेदारी बोदे बर्साईन वडा नम्बर - ५ समन्वयमा  समग्र जनउत्थान केन्द्र लहान -६ सिरहाले कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी लकडाउन (बन्दाबन्दी)बाट अतिप्रभावित अपाङ्गता(फरक क्षमता भएका) तथा विपन्न सीमान्तकृत परिवारलाई मंगलबार राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड नम्बर- ५ रा.प्रा.वि भाटिनमा  रातो कार्डधारी अपाङ्गता र विपन्न सीमान्तकृत गरी ४६ परिवारलाई खाद्यान्न राहत प्रदान गरेको समग्र जन उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले बताए ।                                            उक्त खाद्य सामग्री वितरण कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर - ५ वडा अध्यक्ष मो. मजिवुर रहमान , भीएसअो नेपालका सुनिल कुमार साह, समग्र जन -उत्थानका कार्यक्रम अधिकृत अकवर अन्सारी , समाजिक परिचालक लोकेन्द्र  प्रसाद यादव , मनोविमर्शकर्ता कवित चाैधरी लगायतको उपस्थिति थियो ।  बोदे बर्साईन नगरपालिका  वडा  नम्बर - ५ मा २६ अपाङ्गता र २० विपन्न गरि जम्मा ४६  परिवारलाई खाद्य सामग्री सहयोग कार्यक्रम अन्तर्गत राहत

सप्तरीमा हेल्प मधेशी सन्स्थाद्वारा क्यान्सर पीडितलाई सहयोग

Image
सप्तरीमा हेल्प मधेशी सन्स्थाद्वारा क्यान्सर पीडितलाई सहयोग  असार ३० सप्तरी- निबिन यादब सप्तरी जिल्ला को राजबिराज मा मंगलवारका दिन हेल्प मधेशी सन्स्थाद्वारा राजविराज न.पा.वाडा नं.५ कि क्यानसर पिडित मञ्जु झालाई रु -१५०००/-(पन्ध्र हजार रुपिया )को आर्थिक सहयोग गरिएको छ। राजविराज वाड नं ५निवासी मञ्जु झा हाल भक्तपुर क्यानसर अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी छिन।उहाँ आर्थिक अवस्था अति नै दैनिय भएको हुँदा उहाँलाई उपचार गराउन आर्थिकरुपमा निकै कठिनाई भएको जानकारी पाउँदा निज पीडितलाई सहयोग गरिएको हो। हेल्प मधेशी सप्तरी जिल्लाकि जिल्ला अध्यक्ष रीना झा ज्युद्वारा सप्तरीकै राष्ट्रिय सभा सदस्य माननीय मिर्गेन्द्र सिंह यादव ज्युलाई हस्तान्तरण गरिएको छ। निज पिडितलाई अझै आर्थिक सहयोगको आवश्यकता भएको हुँदा उहाँलाई सहयोग गरिदिनु हुन सम्पुर्ण संघ संस्थाहरुसङ हेल्प मधेशी परीवार हार्दिक अनुरोध गरिएको छ ।

सप्तरीका रुपनी गा.पा.को वडा अध्यक्षले दैनिक समाचार का सम्बादाता निखिल राउत लाई दिए ठाडो धम्की:

Image
असाढ १९, सप्तरी सम्बादाता :  सप्तरीको रुपनी गाउँपालीका १ का वडा अध्यक्ष ले अब दैनिकका सप्तरी सम्बाददाता निखिल राउत लाई समचार लेखेको भन्दै धम्काएका छन् ।  समाचार लेखेको बिषयलाई केन्द्रीत गर्दै जे पनी हुनसक्ने भन्दै वडा अध्यक्ष पाश्वानले अब सम्बादाता लाई धम्कि दिएका हुन् । केहि दिन अघि राहतको चामल रुपनी वडा नंम्बर १ अध्यक्ष दिपेन्द्र पासवाले आफ्नै घर लगेको र आफ्ना निकट लाई दिएको समाचार अबदैनिकमा सम्प्रेषण भएको थियो । रुपनी मा बसोबास गर्दै आएका सप्तरी सम्बाददाता निखिल राउतलाई परीवाकै बसाई सर्ने सम्मको धम्कि दिएका थिए । कोभिड १९ मा बिपन्न परीवारलाई राहतका लागी बितरण गर्न घरेलु तथा बिभिन्न स्थानबाट राहतका लागी आएको पठाएको राहत सामाग्री वडा अध्यक्ष पाश्वानले राती राती घर लैजाने गरेका थिए । रुपानी वडा नंम्बर १ का वडा अध्यक्ष निलम्बीत भएपछि उनी कार्यबाहक  वडा अध्यक्षको रुपमा रुपनीमा कार्यरत रहेका छन् । उनको कार्यकालमा बिभिन्न स्वस्थ्य सामाग्री खरीद देखि राहतको खाद्यान्न र बिभिन्न बजेटमा समेत भ्रष्टाचार भएको छ ।