Posts

Showing posts from April, 2020

सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको रुपनी गाउँपालिकामा स्थानीय युवाहरू द्वारा वार्ड अध्यक्ष को लागी चन्दा संकलन गरिएको

Image
१८ वैशाख , बिहिवार सप्तरी, रुपनी गाउँपालिका वडा न. ३ मा गाउँपालिका बाट अहिले सम्म त्यहाँका सर्व साधारण जनतालाई  राहत उपलब्ध हुन सकेका छैनन । रुपनी गाउँपालिका वडा.३ को वडा अध्यक्ष अमर मुखिया को राहत वितरण गर्ने केही चासो नदेखेपछी त्यहाँका स्थानिय युवाहरूले गाउँपालिका को अध्यक्ष र वडा अध्यक्ष मुखिया को लागि गाउँ घर बाट चंदा संकलन गरि बुझाएका छ्न।  आखिर गाउँपालिकाले किन अहिले सम्म राहत वाडिएको छैन ?  जब कि प्रदेश सरकार द्वारा राहत को लागि बजेट छुटियाई सकेका छ्न । यस्तो विकट परिस्थिति लक्डन को बेला मा राहत बाडिदैन भने कहिले बाडिन्छ त?  राहत नबाडिने गाउँपालिका र नगरपालिका को अध्यक्षहरु, मेयरहरु वा वडाअध्यक्षहरु लाई प्रदेश सरकारले कानुन बमोजिम कार्वाही गर्नु पर्दछ । तल दिएको भिडियो एक चोटि पुरै हेर्नुहोला । सम्बादाता : विरबल मंडल ले भिडियो सहित जानकारी गराउनु भएको छ ।

बलिउड अभिनेता ईर्फान खान को निधन !

Image
    Irfan Khan  Bollywood Best Actor Ifran Khan Is pass away : १७ वैशाख , बुधबार  बॉलीवुड हिन्दी फिल्म जगतको महान अभिनेत इरफान खानको 54 वर्षको उमेरमा आज निधन भयो। मुंबई को कोकिलाबेन अस्पतालमा आफ्नो अन्तिम सांस लिए। कोलोन इंफेक्शनको कारण अभिनेता ईरफान खान लाई मंगलबार आई.सी.यु. मा भर्ना गराएका थिए। अभिनेता ईरफान खान 3 वर्ष पहिला अचानक बिमार परेका थिए र आफ्नो स्वास्थ परिक्षण तथा ईलाज को लागि विदेश गएका थिए त्यति बेला डाक्टर हरुका अनुसार उहाँ चाहिँ न्युरोएंडोक्राइन ट्युमर बाट पिडित भएको  थाहा पाएको थियो ।  पछिल्लो 2 वर्ष देखि उहाँ यो बिमारीको इलाज गराईरहेका थिए ।    यो दु:खद खबर बाट पुरै वलिउड गमगीन भएका छ्न । वलिउडको सबै अभिनेता तथा अभिनेत्रीहरु आफ्नो ट्विटर तथा अन्य अन्य माध्यम बाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छ्न ।

डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धि उजुरी सरकारी वकिल को कार्यलयले पनि लिन मानेन :

Image
            १६ वैशाख ,  पुर्व स्वास्थ राज्यमन्त्री  डा. सुरेन्द्र यादव को अपहरण सम्बन्धि जाहेरी महानगरीय प्रहरी परिसर टेकुले  लिन नमाने पछि डा. सुरेन्द्र यादव अपहरण सम्बन्धी जाहेरी सरकारी वकिलको कार्यालयले पनि लिन नमानेका छन । जनता समाजवादी पार्टीका नेताहरुले डा. सुरेन्द्र यादवको अपहरण  गरेको आरोप नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेत, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कृष्ण कुमार श्रेष्ठ कृषक संलग्न रहेको आरोप लगाईरहेका छन । आरोप लगाईएकाहरु माथी किटानी जाहेरी दिन  जनता समाजवादी पार्टीका शिर्ष नेताहरु राजेन्द्र महतो , उपेन्द्र यादव, शरद्सिंह भंडारी लगायत अन्य अन्य नेताहरु बबरमहलस्थित उजुरी दर्ता गराउन पुगेका थिए।           उजुरी दर्ता नगरेपछी जनता समाजवादी पार्टी को नेताहरु लगायत कार्यकर्ताहरु चर्को विरोधमा उतरेका छ्न ।

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम

Image
सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनक नियम कानुनलाई धजिया उडाउदै  बैैशाख-१६ सप्तरी जिल्ला अन्तर्गत पर्ने तिलाठी कोलाडी गाउपलिकाको अहिलेको अवस्थामा एउटा नमुना गाउपलिको रूममा कायम हुन लागेको छ । तर सबैभन्दा बढि वडा अध्यक्षहरूको कर्तुतले दिन प्रति दिन तिलाठि कोलाडी गाँउपलिका बदनाम र बेजैति हुदैछ  । तिलाठी कोलाडी गाउपलिकाको अध्यक्ष शतिस सिंहले आम जन्ताको लागि  राम्रो  काज काज गरेको प्रशान्शा मिडिया मा र समाजमा समेत् दर्शाएको देखिन्छ । सो वडा अध्यक्षहरूको को दादागिरी ले दिन प्रतिदिन लकडोनको नियम कानुन लाई स्वयम वाडा अध्यक्ष ने तोडदै आएको छ । वाड नं ५ वडा अध्यक्ष राजिन्द्र साह ले १३गते गाउँ घरमा भएको समाजिक घटनलाई १०० जनालाई समटेर जमघट गरि पंचायत गर्दे देखा परेका छन् । सो बिरोध गाउँको बुद्धिजिबि युवाहरूले वडा अध्यक्ष लाई सोसल डिस्टान्ट को नियम कानुन लाई उलघलन नगरी काम काज गर्नु भन्दा खेरी वडा अध्यक्षले बनर्झुला गाउँ को बुद्ध जिवीयुवाहरेलाई धमकि दिएको जनकारी अस्थानिय युवाले बताएको छ  । यता वाड नं ७मा अस्ती राहतको चल खेलले

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

Image
सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाका वाड नं ७को वडा अध्यक्ष गुलाब सिंह लाई जन्ताले चपल र जुता प्रहार गरिएको छ। बैशाख-१४ सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाका वाड नं ७को वडा कार्यलय भित्रै  छिरेर वडा अध्यक्ष गुलाब सिंह लाई जन्ताले चपल र जुता प्रहार गरिएको छ। नेपाल सरकार दिएको गरिब बिपन परिबार को रातमा सिंह ले धानदलि गरेको गरिब बिपन परिबार ले आरोप लागाएको छ।  राहतको सहि सदुपयोग नगरि आफ्नो निजी ब्यती लगाएत चुनाबको समयमा मत दिएको ब्यती लाई छानि छानि राहत बढि मात्र मा दिएको गुनासो समेत आम जन्ताको रहेको छ  गरिब र बिपन परिबार राहतको लागि लाईनमा बिहाने देखि भोखै बसैको हुनाले वाडा अध्यक्ष कुने वास्ता नगरीएको हुनाले वाड अध्यक्ष गुलाब सिंह माथि गरिब बिपन परिबार ले चपल चुता प्रहार गरेको सर्व सधारन जनताले बताएको छ ।

मैथली क्षेत्र को चर्चित गायक संजय यादवको गित प्रकाशीत

Image
मैथिली गित संगित को क्षेत्रमा स्वर  को धनि र बहु प्रतिभा  दर्शक,  स्रोताको मनलाई जितिएको  गायक संजय यादब वैशाख-१४ मिथला र मैथिली गित संगित को क्षेत्रमा स्वरको धनि र बहु प्रतिभा  दर्शक,  स्रोताको मनलाई जितिएको  गायक संजय यादबको पुन: दोस्रो चरनको मैथली आधुनिक  र मार्मिक शब्द ले भरिएको मिठो स्वरमा सजिएको गित प्रकाशित भएका छ । जुन गित गितकार आशोक दत,संगित, स्वर संजाय यादब, स्वेता यादव रसहयोगिमा बिरेन्द्र रमन रहेको यादबले बताउनु भएको छ । संसार ने कोरोना भाईरसको त्रास ले गर्दा एउटा गरिब बिपन परिबार लाई भएको खाध्न को समशिया यानि (भुख मोरी)रसरकारको रबेया समाजिक दुख पिडा समटेर तयार पारिएको गित  बाजारमा आउन बितिकै लाखौँ स्रोताको मन जितन सफल भएका छन् । कहि बर्ष अगाडि गायक संजय यादब ले दिएको एउटा मैथलि गितको एलबम  तोहर गोर गोर गाल बाट आफनो पहिचान समेत दिएर नाम उजागर गरिएको छ ।एल्बमको भित्र रहेको तिन चार ओटा गित १•बिन्ती छै सब नेपाली भैया और भाइके... २•मिलल घरबाली हमरा अनपढ गवार हो... ३•जनकपूर सनके नगरी ४•जय मधेश जय जय मधेश.. यस्ता मार्मिक गित बाट मैथिल संगित सँसारका सुप्रसिद्ध गायक

सप्तरीको तिरहुत गाँउपलिका मा राहतको काम तिब्र गतिमा कति गाउँपलिका को जन्ता भोक भोकै

Image
सप्तरीको तिरहुत गाँउपलिका मा राहतको काम तिब्र गतिमा लकडोड को २९दिन  बिति सक्दा पनि कति गाउँ पलिका मा गरिब बिपन परिबार भोक भोकै बस्न बाध्य भएका छ  बैशाख ०९ सप्तरीको तिरहुत गाँउपलिका मा राहतको काम तिब्र गतिमा लकडोड को २९ दिन बितिसक्दा पनि कति गाउँ पलिका मा गरिब बिपन परिबार भोक भोकै बस्न बाध्य भएका छ । आज तिरहुत गापलिका मा वाड न  -४ मा विपन्न परिबार हरूलाई राहत बितरन  सुरू गरियका छ। १५ के॰ जी॰ उसिना चामल , २ के॰ जी॰ मसुरो दाल ,१ के॰ जी॰ निमक, र १ लीटर सनफलावर तेल समेत बितर गरिएका छन् । गरिब बिपन जम्मा वाड नं ४मा ८७७घरधुरी र घरमुलिको भरपाई गरि बितर गरिएको वाडा अध्यक्ष मनोज यादव ले बताउनु भएको छ । तिरहुत गापलिका को सम्पुर्ण वडा मा भोलि पर्सी देखि राहत बितरको काम काज हुन्छ । यता सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिका मा अहिले सम्म राहतको नाम मा कहि दिऐको छैन जन्ताको गुनासो रहेका छन्  ।

बलात्कार को आरोपमा सप्तरीको एकजना युवक पक्राउ :

Image
सप्तरीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छ्न: सप्तरी, राजगढ गाउँपालिका -२ कमलपुरको गुदर खंग को १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्यहीँ गाउँको एक युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा ऐ.ऐ. वस्ने चिलमिली यादव को २० वर्षीय छोरा रामजिवन यादव रहेका स्थानिय प्रहरी चौकी र जिल्ला प्र. कार्यालय ले बताएका छन।  पीडित बालिकाको घर परिवारले जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गराएका रहेछन।  उजुरी दर्ता अनुसार आरोपित रामजिवन लाई पक्राउ गरेका छन। २०७६ वैशाख ३ गतेको राती त्यही नजिक को खेतमा बालिकालाई नियन्त्रण मा लिई बलात्कार गरेका थिए।

सप्तकोसी नगरपालिका भित्रका मस्जिद लगायत वरिपरि बसोबास गर्ने स्थानीयको आरडिटि टेस्ट

Image
बैशाख-७ सप्तरी सम्वादाता अर्चना परियार सप्तरीको सप्तकोसी नगरपालिका भित्र रहेका मस्जिद र त्यस वरिपरि बसोबास गर्ने केही स्थानीय ब्यक्तिहरुको आज नोबेल कोरोना भाइरस (कोभिड -19) को संक्रमणको आशंकामा आरडिटी  परिक्षण गरिएको छ ।    वडा नम्बर २ सिद्धिपुर मा ४ महिला सहित ६५ जाना र वडा नम्बर ४ मा ५ महिला सहित ३१ जानाको अारडिटि परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादबले जानकारी दिए। अारडिटि परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको यादवले बताए । आरडिटी पश्चात्  सप्तकोशि नगरपालिका भित्र कोभिड 19 को सन्त्रास केहिहद सम्म सामान्य बनेको छ ।        उदयपुरको बोक्सेमा रहेका मुस्लिम जमातिमा कोभड 19 को संक्रमीत भेटिएपछि उनीहरुको पहिले सम्पर्कमा रहेको सप्तकोसी नगरपालिका वडा नम्बर १,२ र ४ मा रहेको मस्जिद लगायत त्यस वरिपरिका स्थानीय व्यक्तिहरुको समेत आरडिटी परिक्षण गरिएको र त्यसमध्ये वडा नम्बर १ का एक ७२ वर्षिय पुरुषमा अारडिटि परिक्षण पोजिटिभ देखिएको नगर प्रमुख शर्माले बताए ।          आरडिटी परिक्षणको क्रममा आज सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बद्

प्रत्रकार माथि धम्की र कुटपीट गराउनेलाई कारवाहीको मांग

Image
बैशाख ०७ धनुषा,सिरहा,सप्तरी लागाएत बिभिन्न ठाउँ जिल्लाको प्रत्रकारहरूलाई धम्की र कुटपीट गराउनेलाई काँडा भन्दा कडा कर्बाही को मांग  गरेका छन । सप्तरी को वडा अध्यक्ष बाट सिरहाको मैयर बाट दिऐको धमकि लाई अहवान प्रत्र जारि गर्दै चेताबनी दिएका छन्। यता धनुषाका दुई जना पत्रकार माथि आक्रमण  गराउने लाई कार्वाहीको माग गरिएको छ ।धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन को सहि सत्य तथ्य समाचार रिपोर्टिङ्ग गरेर जनकपुरतर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ । रोहिताको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले आफूमाथि आक्रमण गराएको बताएका छन् । आक्रमण मा  ल्यापटप र क्यामेर समेत खोसेको बताएका छन् । यसैबीच प्रेस मंच नेपालले विश्व कोरोनासंग लडिरहेको बेला स्थानीय तहद्वारा कोरोना विरुद्धको तयारी बारे समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको आक्रमणको भत्र्सना गरेको छ । मंचका केन्द्रीय उपाध्यक्ष बिन्दकिशोर साहले शनिबार बिज्ञप्ती जारी गर्दै आक्रमणकारी समूहको पहिचान गरी कार्वाहीको

हनुमाननगर कंकालनी नगरपालिका को राहत अन्तिम चरणमा

Image
हनुमान नगर कंकालिनी नगरपालिका  को राहत अन्तिम चरणमा  सप्तरी सम्वादाता -नविन यादब बैशाख-०५ सप्तरी जिल्ला को हनुमान नगर कंकालिनी नगरपालिका  को राहत सामग्री वितरण अन्तिम चरणमा पुगेको छ।सप्तरीकै १८ स्थानीय तहले चामल:१५केजी,दाल:२ केजी, खानेतेल १ केजी र नुन:१ केजी.लेखा जोखा गरेको छ । भने कति ठाउँ मा रातह को काम काज ढिलाई सुस्ती तरिकाले  रहेको  गरिब र विपन्न परिबार को भनाईछ । तर हनुमान नगर कंकालनी नगरपालिका मा २०७६साल चैत २८गतै देखि राहतको काम काज सुरू गरिएको आज ५ गतै राहतको काम काज अन्तिम चरणमा पुगेको छ। कसैलाई काखा र कसैलाई पाखा नगरिकन गरिब विपन्न दलित सबै लाई समावेश हुने गरि मापदण्ड बनाऐर राहत बितर गरिएको  हनुमाननगर कंकालनी नगरपालिका को मेयर शैलेश साहले जानकारी  दिनु भएको छ ।

रौतहटमा नेकपाको कार्यकर्ता माथी आक्रमण:

रौतहटमा नेकपाको कार्यकर्ता माथी आक्रमण:  रौतहटको देवाही गोनहि नपा-५, टिकुलिया टोलमा घर भएको नेकपा पार्टी  जिल्ला कमिटी सदस्य  राम एकवाल मुखिया माथी सुनियोजित रुपमा दिनको ११:०० बजे संघातिक आक्रमण भएको छ ।                 उक्त हमलामा परी रामएकवाल सहित ३ जना गम्भीर घाईते भएका छन। घाईतेहरुलाई हाल उपचारका लागी काठमाण्डौं पठाईएको छ । ज़्यान मार्ने उद्देश्यबाट गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भर्त्सना गर्दै अपराधीहरूलाई तुरुन्त कारवाही गर्न गृह प्रशासनसंग पिडित पक्षको आग्रह ।

लामखुट्टे को प्रभाव भढदै :

Image
लामखुट्टे को प्रभाव बढदै :            अहिले बढदो गर्मीका कारण तराईको विभिन्न क्षेत्रहरुमा लामखुट्टे को प्रभाव बढिरहेको छ। लामखुट्टे को प्रभाव वृद्धि हुनाले धेरै जसो रोगहरु जस्तै कि मलेरिया, डेंगु लगायत विभिन्न किसिमका रोगहरु लागन सकिन्छ । अहिले प्रदेश न. २ तिर लामखुट्टे भगाउने औषधि छर्किरहेका छ्न तर प्राय धेरै गाउँपालिका, नगरपालिकाहरुमा लामखुट्टे भगाउने औषधि छर्केका छैनन । यो लामखुट्टे औषधि छर्किन न.पा. तथा गा.पा. हरु को मेयर र अध्यक्ष हरुको  ध्यानाकर्षण होस भनेर सप्तरी खडक नगरपालिका का मन्टुन भगत ले आफनो सुझाब व्यक्त गर्नुभएको छ। उहाँ को भनाई अनुसर सप्तरीको धेरै गाउँपालिका र नगरपालिका मा लामखुट्टे भगाउने औषधि छरकेका छ्न तर हाम्रो खडक नगरपालिकामा अहिले सम्म झर्केकाछैन हाम्रो मेयर को ध्यानाकर्षण होस यश विषयमा केही गाउँपालिका हरु मा औषधि छरकेका तस्वीरहरु :    

विरगंजमा राहत बाडने क्रममा दुई पक्ष बिच झडप :

Image
विरगंज मा राहत बाडने क्रम मा झडप :-           विरगंजमा दुई पक्षबिच झडप भएको खबर आएको छ । कोरोना भाईरस का कारण पुरै देश मा लक्डन गरिएको छ । मान्छेहरुलाई आवत जावत मा अवरोध परेका छन र काम गरेर खाना खान सम्म अप्ठ्यारो भैइरहेको छ। त्यसै बिच दुई ओटा भिन्दा भिन्दै कार्यकर्ता को समुह ले राहत बाडदै आएका थिए र एक ठाउ मा हुदा बिच बाटैमा झडप भएको हुनाले १९ जना घाईते भएका छन । घाइतेहरूका उपचार भैइरहेका छन । बाकी खबर आएपछी उपडेट गर्नेछु ।