सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

बलात्कार को आरोपमा सप्तरीको एकजना युवक पक्राउ :


सप्तरीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छ्न:


सप्तरी, राजगढ गाउँपालिका -२ कमलपुरको गुदर खंग को १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्यहीँ गाउँको एक युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा ऐ.ऐ. वस्ने चिलमिली यादव को २० वर्षीय छोरा रामजिवन यादव रहेका स्थानिय प्रहरी चौकी र जिल्ला प्र. कार्यालय ले बताएका छन। 
पीडित बालिकाको घर परिवारले जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गराएका रहेछन।  उजुरी दर्ता अनुसार आरोपित रामजिवन लाई पक्राउ गरेका छन। २०७६ वैशाख ३ गतेको राती त्यही नजिक को खेतमा बालिकालाई नियन्त्रण मा लिई बलात्कार गरेका थिए।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम