सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धि उजुरी सरकारी वकिल को कार्यलयले पनि लिन मानेन :


           
१६ वैशाख , 
पुर्व स्वास्थ राज्यमन्त्री  डा. सुरेन्द्र यादव को अपहरण सम्बन्धि जाहेरी महानगरीय प्रहरी परिसर टेकुले  लिन नमाने पछि डा. सुरेन्द्र यादव अपहरण सम्बन्धी जाहेरी सरकारी वकिलको कार्यालयले पनि लिन नमानेका छन ।

जनता समाजवादी पार्टीका नेताहरुले डा. सुरेन्द्र यादवको अपहरण  गरेको आरोप नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेत, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कृष्ण कुमार श्रेष्ठ कृषक संलग्न रहेको आरोप लगाईरहेका छन ।

आरोप लगाईएकाहरु माथी किटानी जाहेरी दिन  जनता समाजवादी पार्टीका शिर्ष नेताहरु राजेन्द्र महतो , उपेन्द्र यादव, शरद्सिंह भंडारी लगायत अन्य अन्य नेताहरु बबरमहलस्थित उजुरी दर्ता गराउन पुगेका थिए।
         

उजुरी दर्ता नगरेपछी जनता समाजवादी पार्टी को नेताहरु लगायत कार्यकर्ताहरु चर्को विरोधमा उतरेका छ्न ।



Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम