सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

प्रत्रकार माथि धम्की र कुटपीट गराउनेलाई कारवाहीको मांग


बैशाख ०७
धनुषा,सिरहा,सप्तरी लागाएत बिभिन्न ठाउँ जिल्लाको प्रत्रकारहरूलाई धम्की र कुटपीट गराउनेलाई काँडा भन्दा कडा कर्बाही को मांग  गरेका छन ।

सप्तरी को वडा अध्यक्ष बाट सिरहाको मैयर बाट दिऐको धमकि लाई अहवान प्रत्र जारि गर्दै चेताबनी दिएका छन्।

यता धनुषाका दुई जना पत्रकार माथि आक्रमण  गराउने लाई कार्वाहीको माग गरिएको छ ।धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन को सहि सत्य तथ्य समाचार रिपोर्टिङ्ग गरेर जनकपुरतर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ ।

रोहिताको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले आफूमाथि आक्रमण गराएको बताएका छन् । आक्रमण मा  ल्यापटप र क्यामेर समेत खोसेको बताएका छन् ।

यसैबीच प्रेस मंच नेपालले विश्व कोरोनासंग लडिरहेको बेला स्थानीय तहद्वारा कोरोना विरुद्धको तयारी बारे समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

मंचका केन्द्रीय उपाध्यक्ष बिन्दकिशोर साहले शनिबार बिज्ञप्ती जारी गर्दै आक्रमणकारी समूहको पहिचान गरी कार्वाहीको माग गरेका छन् ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम