सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

हनुमाननगर कंकालनी नगरपालिका को राहत अन्तिम चरणमा

हनुमान नगर कंकालिनी नगरपालिका  को राहत अन्तिम चरणमा 



सप्तरी सम्वादाता -नविन यादब
बैशाख-०५
सप्तरी जिल्ला को हनुमान नगर कंकालिनी नगरपालिका  को राहत सामग्री वितरण अन्तिम चरणमा पुगेको छ।सप्तरीकै १८ स्थानीय तहले चामल:१५केजी,दाल:२ केजी, खानेतेल १ केजी र नुन:१ केजी.लेखा जोखा गरेको छ ।
भने
कति ठाउँ मा रातह को काम काज ढिलाई सुस्ती तरिकाले  रहेको  गरिब र विपन्न परिबार को भनाईछ ।
तर हनुमान नगर कंकालनी नगरपालिका मा २०७६साल चैत २८गतै देखि राहतको काम काज सुरू गरिएको आज ५ गतै राहतको काम काज अन्तिम चरणमा पुगेको छ।
कसैलाई काखा र कसैलाई पाखा नगरिकन गरिब विपन्न दलित सबै लाई समावेश हुने गरि मापदण्ड बनाऐर राहत बितर गरिएको  हनुमाननगर कंकालनी नगरपालिका को मेयर शैलेश साहले जानकारी  दिनु भएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम