सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

राजगढ गाउँपालिका मा राहत वितरण काम को शुरूवात :

   

वैशाख १९
सप्तरी, राजगढ गाउँपालिका वार्ड नं २ मा एक कार्यक्रम बीच राहत बितरण कार्य को शुरूवात गरिएका छ्न ।
प्रमुख अतिथि प्रदेश सांसद बीक्कि यादब, गा.पा. अध्यक्ष प्रमानन्द यादब र समाजका भर भलादमी को उपस्थितिमा वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु द्वारा कोरोना भाईरस को कारण लकडन बाट प्रभावित परिवारहरु लाई 
आज देखि राहत वितरणको काम शुरुवात भएका छ्न ।राहत बाडने क्रम अति बिपन्न तथा पिछडिएका  परिवारलाई प्रथमिकता दिई राहत बितरण कार्य को शुरूवात गर्नु भएको छ । राहत स्वरुप दिईने खाद्यान्न सामग्रीहरु: चावल १५ किलो, दाल २ किलो र तेल १ किलो को दरले शुरूवात गर्नुभएका छन ।





Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम