सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

मलेसिया मा नेपाली कामदारहरु लाई घाईते बनाई मोबाईल पैसा लुटेको :




आज विहान मलेसियाको  सलेंगर जिल्ला स्थित संतोषा(बिके), केलांग  भन्ने ठाउँमा नेपाली कामदारहरु कम्पनी काम गर्न जाने बेला विहान 7:00 am मा कमदारहरु बसको प्रतीक्षा मा बसेको बेला त्यहा का कालेहरुले तरबार, चक्कु हेराएर मोबाईल पैसा समेत लुटेको र केही कामदार संग मोबाइल पैसा न भएको कारण घाईते पारेको छ।

कामदारहरु मेलेसिया को Kawan Food Manufacturing Sdn Bhd काम गर्दै आएका छन । कामदारहरुले घटना बारे कम्पनीको बोस लाई भनेको तर कम्पनी को बोसले नेपाली कामदारहरुको  सुरक्षा को लागि केही व्यवस्था गरेका छैन । नेपाली कामदारहरु को भनाई अनुसार पटक पटक यस्तो किसिमको घटना हुँदै आईरहेका छ्न तर कम्पनीले कामदारहरुको सुरक्षाको लागि केही वास्ता गर्दैन।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम