सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

नेपालमा थप ९ जना कोरोना संक्रमित: #Covid19Nepal


२१ वैशाख ,
बाँके जिल्लाको नेपालगञ्जमा आज फेरि थप  ९ जनामा कोरोना संक्रमण देखा परेको रिपोट अनुसार पुष्टि भएका छन।
नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  प्रवक्ता डा. विकास देवकोटाको अनुसार नेपालगञ्जमा गरिएको स्वास्थ परीक्षण बाट संक्रमण उनीहरुमा कोरोना पोजिटिभ देखा परेका छन । संक्रमित मध्ये  पाँच जना पुरुष र ४ जना महिला रहेका छन ।

यो भन्दा पहिला नेपालगंजमा मात्र एकजनामा कोरोना संक्रमण देखापरेका थिए ।

आजको थप तथ्यांक अनुसार नेपालमा जम्मा कोरोना संक्रमित संख्या ६९ पुगेका छन। जस मध्ये १५ जना निको भैइ घर फर्किसकेका छ्न।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम