सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

क्वारेन्टिनमै भयो बिहे, वडाध्यक्ष बने पुरोहित :


क्वारेन्टिनमै बिहे, वडाध्यक्ष बने पुरोहित : 
मधेश दर्पण, 
अषाढ ०२ , 
क्वारेन्टिन बसाइलाई कतिपयले परिवारका सदस्यहरुसँग छुट्टिएर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको रुपमा लिएका छन् । तर त्यही क्वारेन्टिनलाई कसैले वैवाहिक सम्बन्ध सुरुवात गर्ने अवसरको रुपमा पनि उपयोग गरेका छन् । यस्तै भएको छ दाङमा । दाङको घोराही उपमहानगरपालिका १८ स्थित बेलघारी क्वारेन्टिनमा एक जोडीले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । घोराही १८ नवलपुरका २३ वर्षीय कृष्ण वली र घोराही उपमहानगरपालिका ५ जवरपुरकी २१ वर्षीया सीता चौधरीले वर पीपललाई साक्षी राखी बिहे गरेका हुन् । वडाअध्यक्ष भरतमणि अर्यालले वैदिक मन्त्रोच्चारण गरे भने बेहुलाले बेहुलीको खाली सिउँदो भरे । अनि बिहे सम्पन्न भयो । वडाअध्यक्ष अर्यालले भने, ‘परिवारका सबै सदस्य भेला हुने स्थिति पनि भएन, मन्दिरसम्म पुगेर बिहे गर्ने अवस्था पनि रहेन । त्यही भएर वरपीपललाई साक्षी राखेर भौतिक दुरी कायम राखेर क्वारेन्टिनमै बिहे गराइदिएँ ।’ बिहेमा केटी पक्षका कोही नरहे पनि केटा पक्षका परिवारका सदस्य भने सहभागी थिए ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम