सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

मधेशी सामुदायि लाई सामाजिक सञ्जालमा अश्रलिल गाली गर्ने उपर करवाहीको माग गर्दै मशाल जुलुस प्रर्दशन ।


मधेस दर्पण
सप्तरी, राजविराज

मधेशी सामुदायि लाई सामाजिक सञ्जालमा अश्रलिल गाली गर्ने उपर करवाहीको माग गर्दै मशाल जुलुस प्रर्दशन ।

सामाजिक सञ्जालामा मधेशी सामुदायिलाई लक्षित गरी अश्रलिल गाली गर्ने उपर करवाही माग गर्दै सिरहको औरही गाउँ पालिकामा जनमत विधार्थी संघको अगुवाईमा युवाहरुले मशाल जुलुस प्रर्दशन गरेको छ ।

केही दिनअगाडी कृषि टिभिबाट प्रसारित कोरोना बिर्साउने गफगाफ कार्याक्रम तथा सामजिक सञ्जालमा बारम्वार मधेशी सामुदायिलाई लजित पार्ने शब्द प्रयोग भईरहदाँ १९ औँ दिन सम्म विभिन्न कार्याक्रम गरी सरकार लाई खवदारी गरिरहदाँ पनि कुनै पनि आवश्यक करवाही नगरेको भन्दै विभिन्न नारा लगाउँदै जुलुुस प्रर्दश गरेको छ ।

सरकारले मधेशी सामुदायि माथि विभेदकै कारण जनमत विधार्थी संघले दर्ता गराउन पुगेको साईबर कराईमको मुदा दर्ता नगरेको र जनताका अधिकार प्रति संवेदनशील नभएको भन्दै सरकारको विरुद्धमा पनि नारा बाजि गरेको छ ।

टिभि कार्याक्रममा प्रसारण भएको विषय माथि प्रश्न गर्दै प्रेस काउनसिलले कृषि टिभि लाई स्पष्टीकरण माग गरि क्षमा याचना गराई काउनसिलको नियम अनुसार करवाही गरेपनि सामाजिक सञ्जालमा अश्रलिल गाली गलोज नरोकिएको कारण मधेशका युवाहरु झन् आक्रोसित भईरहेका छन।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम