सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरी को छिन्नमस्ता गाउँपालिका मा झडप १५ जना घाईते


सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको र अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
    यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएका छन् । हाल उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खम्बा गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खम्बा अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथी आक्रमण गरेका छन ।




Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम