सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

लकडाउनमा पनि अग्निपिडितलाई राहत वितरण नबिन यादब सप्तरी ,


नवीन यादव
सप्तरी ,
२४ जेष्ठ । लकडाउनमा आगलागिको कारण कष्टमा  रहेको सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. ४ लालापट्टी गाउको  अग्निपीडित परिवारलाई राहत वितरण गरेकाे छ। लकडाउनमा पनि अचानक आगलागि हुदा  स्थानिय कृष्ण मोहन यादवको घर जलेर नष्ट भएको अवस्थामा अग्नि पिडित परिवारलाई धमिृ हल्फा महिला विकास क्लवले राहतस्वरुप त्रिपाल झुल ताना धोती साडी कराही डेकची थाल गिलास छोलनी लगायतका राहत सामाग्रीहरु वितरण गरेकाे संस्थाक अध्यक्ष, समाजसेवी एव  ईन्जिनियर सूर्य नारायण यादवले जानकारि दिनुभयाे ।
गत जेठ २१ गते आगलागि हुदा चार लाखभन्दा बढीको धनमालको क्षति भएको  थियो ।
साे राहत वितरणमा छिन्नमस्ता गाउपालिका  वडा नं.  ४ क वडा सदस्य बीरेन्द्र यादव ,ईलाका प्रहरी कार्यालय सखडाका प्रहरी हवलदार शम्भु साह ,बिन्दुल यादव बृज लाल यादव गजेन्द्र  नन्दी यादव लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । स्मरण रहाेस यसअघि पनि क्लवका अध्यक्ष यादवले जिल्लाकाे कुने पनि स्थानमा आगलागि हुदा अथवा बाढि पिडित ,हाति पिडितहरुका लागि नियमित रुपमा निस्वाथृ भावनाले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गर्दै आउनु भएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम