सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको मानव अधिकार कर्मिहरु भारतको विभिन्न ठाउँबाट सम्मानित :

सप्तरीको मानव अधिकार कर्मिहरु भारतको विभिन्न ठाउँबाट सम्मानित :


नवीन यादव,
२६ जेठ, सप्तरी
सप्तरीका मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २७ वर्ष प्रकाशमणी राउतलाई नेशनल हयुमान राईटस अर्वाडवाट सम्मानित गरिएको हो । नेशनल हयुमान राइट संस्थाले राउतलाई समाजिक सिफाही अर्वाडवाट सम्मानित गरेको छ । बिश्व कोरोना महामारीले बिभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई समाजिक संजालवाट प्रमाणपत्र पत्र सहित सम्मान गरिएको हो । नेपाली मानव अधिकारकर्मी सम्मानित राउत भारतका नेशनल हयुमान राइट संस्थावाट सम्मानित हुदाँ राउतलाई भारतिय बिभिन्न संघसंस्था,राजनैतिक कर्मी,बुद्धिजिवी, अगुवा सरकलका ब्यक्ती,लगायत भारतिय मिडिया समेतले नेपाली राउतलाई धन्यवाद ब्यक्त गरिएको छ ।

समाजिक तथा मानव अधिकार क्षेत्रमा कार्यरत राउत नेपाल पिछडा वर्ग महासंघका केन्द्रिय बिधार्थी अध्यक्ष समेत रहेको छन् । यस्तै करममा आफनो देश नेपालका बिभिन्न संघसंस्था तथा नेपाली जनता सहितले अग्रिम अझ सम्मानका शिखर चुम्ने कामना सहित शुभकामना प्रकट गरिएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम