सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सिरहामा कोरोना संक्रमितहरु लाई Electric जग बितरण गरिएको :


     
सिरहा, असार १०
नबिन यादब

मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्य समिति द्वारा गरिएको निर्णय अनुसार सिरहा जिल्ला कार्यसमिति द्वोरा धनगढीमाई नगरपालिका सिरहा मा रहेको अस्थायी अस्पताल को आइसोलेशन कक्षमा कोरोना संक्रमितहरु लाई Electric जग २४ थान वितरण गरिएको छ ।

उक्त कार्यक्रममा धनगढीमइ नगरपालिका मा रहेको अस्थायी काेराेना अस्पताल मा -१० थान, सिरहा नगरपालिका मा रहेको अस्थायी कोरोना अस्पताल मा -१० थान र सिडियो कार्यालयमा ४ थान सहित पालिका को मेयर , कर्मचारीहरु लाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ।

साथै उक्त वितरण कार्यक्रममा मधेश इन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर दुई को अध्यक्ष ईन्जिनियर तपेश्वर यादव, बाग्मती प्रदेश को उपाध्यक्ष ई दिपेश साह, प्रदेश नम्बर दुई को सह काेषाध्यक्ष ई निरज यादव, सिरहा जिल्ला को अध्यक्ष ई तेजनारायण यादव, वरिष्ट उपाध्यक्ष ई धनेश्वर यादव, धनगढी नगरपालिका को ई शम्भु यादव, ई जयप्रकाश यादव, विवेक यादव, ई अमरेश यादव, ई समिर यादव, ई ललित यादव, ई इन्द्रजित यादव, ई दिनेश यादव, ई सुरज यादव ,ई राजिव यादव, ई सुरेन्द्र यादव, ई जयप्रकाश अधिकारी, ई श्याम लाल साह, ई अजय महरा ,ई सुरेश कुमार सतरा,ई अरविन्द कुमार यादव, ई अमरेन्द्र कुमार यादव, ई तुलशी राम यादव,लगायत को उपस्थितमा इलेक्ट्रिक जग वितरण कार्यक्रम सम्पन्न भएको छ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम