सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको तिरहुत गाँउपलिकाको क्वारेन्टाइनमा युवा सब द्धोरा भुख हड़ताल


साउन-२०७७-४-१०
सप्तरी-सम्वादाता 
सप्तरी जिल्ला को तिरहुत गाउँपलिका वाड नं ५लोहजरा गाउँको श्री सरस्वती जन्ता माध्यामिक विद्यालय मा रहेको क्वारेन्टाइन मा खाध्न सामाग्रीहरुको उजित ब्यबस्था नगरिएको हुनाले, सो क्वारेन्टाइन मा बसिने युवासब द्वोरा भुख हड़ताल गर्नु भएको छ ।

तिरहुत गाउँपलिका वाड नं ५ लोहजरा को क्वारेन्टाइन मा १८जना युवाहरू बसिराख्नु भएको छ । उहाहरूलाई न सम्यमा ज्वरो मापन गर्न आउँछ, न क्वारेन्टाइनमा खाने पानी, बिधुत,डोक्टर, माक्स,सेनिटाईजर , सरसफाई ,लगाएतको समशियाहरू लाई ध्यान नदिएको कारनले हामीहरू वाक् भएर आज भुख हड़ताल मा बसेको छु बताउनु भएको छ ।

तिरहुत गाउँ पलिका वाड नं ५को वडा अध्यक्ष रमानन्द चौधरी लाई पट पट भन्दा खेरी पनि हामीहरू लाई कुनै किसिमको पहल गर्नु भएको छैन, हेर्न पनि आउदैन, त्यही गाउँपलिका को अध्यक्ष मनोज यादव (भर्खे)लाई पनि कति चोटि भनेको पनि छु कुनै पहल गरिदिएको छैन, क्वरेनटाईमा बस्नै सिवा सदा, अनिल मुखिया,मोहमद ईजरायल, बैजनाथ पंडित, श्याम खंग, जय कृष्णा सदा लगाएतको ब्यक्ती हरूले गुनासो सुनाउनु भएको छन्

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम