सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सुनसरी मा नेपाल प्रहरी र भारतिय समूह बिच गोलि हानाहान :


सुनसरीको देवानगन्ज गाउँपालिकामा सुनसरी प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ । सुनसरी प्रहरी र भारतीय समूहबीच गोलि हानाहान हुँदा भारतीय समुहका दुइ जाना घाइते भएका छन् । बिसेस सुचनाको आधारमा भारतीय समुहलाइ नियन्त्रणमा लीन सुनसरी प्रहरी देवानगँज ३ पुगेका थिए । सुनसरी प्रहरी पुग्ना साथ भरतीय समुहबार गोली फायरिङ गर्दै दशगज्जा तर्फ भाग्न खोज्दा सुनसरी प्रहरीले गोली फायरिङ गर्दा भारतीय समुहका दुइजाना घाइते भएका छन् । दुवैतर्फबाट १०र१२ राउन्ड फायरिङ भएको थियो। सुनसरी प्रहरीले भारतीय समुहका घाइते दुवै जानालाइ नियन्त्रणमा लीएका छन् ।

प्रहरीले भारतीय समुहका पिन्टु र राजेश नाम को दुई जनालाई घाइते अवस्थामा नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जनकारी दिए। घुँडामा गोली लागेका पिन्टु र राजेशको उपचार भइरहेको छ।भारतीय समूहका अन्य पनि घाइते हुन सक्ने प्रहरीले अनुमान गरेका छन् । प्रहरीले फरार रहेको भारतीय समुहको खोजी गरिरहेका छन् । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्याग्जिन बरामद गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख कमल थापाले जनाएका छन् ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम