सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीमा हेल्प मधेशी सन्स्थाद्वारा क्यान्सर पीडितलाई सहयोग




सप्तरीमा हेल्प मधेशी सन्स्थाद्वारा क्यान्सर पीडितलाई सहयोग 
असार ३०
सप्तरी- निबिन यादब
सप्तरी जिल्ला को राजबिराज मा मंगलवारका दिन हेल्प मधेशी सन्स्थाद्वारा राजविराज न.पा.वाडा नं.५ कि क्यानसर पिडित मञ्जु झालाई रु -१५०००/-(पन्ध्र हजार रुपिया )को आर्थिक सहयोग गरिएको छ।
राजविराज वाड नं ५निवासी मञ्जु झा हाल भक्तपुर क्यानसर अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी छिन।उहाँ आर्थिक अवस्था अति नै दैनिय भएको हुँदा उहाँलाई उपचार गराउन आर्थिकरुपमा निकै कठिनाई भएको जानकारी पाउँदा निज पीडितलाई सहयोग गरिएको हो।
हेल्प मधेशी सप्तरी जिल्लाकि जिल्ला अध्यक्ष रीना झा ज्युद्वारा सप्तरीकै राष्ट्रिय सभा सदस्य माननीय मिर्गेन्द्र सिंह यादव ज्युलाई हस्तान्तरण गरिएको छ।

निज पिडितलाई अझै आर्थिक सहयोगको आवश्यकता भएको हुँदा उहाँलाई सहयोग गरिदिनु हुन सम्पुर्ण संघ संस्थाहरुसङ हेल्प मधेशी परीवार हार्दिक अनुरोध गरिएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम