सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरी मा यु. के एड को सहयोग मा रातो कार्डधारी र अपाङ्गता गरी ४६ परिबारलाई राहत



सप्तरी,
यु.के. एड को अार्थिक सहयोग भीएसओ नेपालसँगको साझेदारी बोदे बर्साईन वडा नम्बर - ५ समन्वयमा  समग्र जनउत्थान केन्द्र लहान -६ सिरहाले कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी लकडाउन (बन्दाबन्दी)बाट अतिप्रभावित अपाङ्गता(फरक क्षमता भएका) तथा विपन्न सीमान्तकृत परिवारलाई मंगलबार राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड नम्बर- ५ रा.प्रा.वि भाटिनमा  रातो कार्डधारी अपाङ्गता र विपन्न सीमान्तकृत गरी ४६ परिवारलाई खाद्यान्न राहत प्रदान गरेको समग्र जन उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले बताए ।                                            उक्त खाद्य सामग्री वितरण कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर - ५ वडा अध्यक्ष मो. मजिवुर रहमान , भीएसअो नेपालका सुनिल कुमार साह, समग्र जन -उत्थानका कार्यक्रम अधिकृत अकवर अन्सारी , समाजिक परिचालक लोकेन्द्र  प्रसाद यादव , मनोविमर्शकर्ता कवित चाैधरी लगायतको उपस्थिति थियो ।  बोदे बर्साईन नगरपालिका  वडा  नम्बर - ५ मा २६ अपाङ्गता र २० विपन्न गरि जम्मा ४६  परिवारलाई खाद्य सामग्री सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरेको कार्यकारी निर्देशक देवराज पोखरेलले बताए ।

कोभिड–१९ का कारण जारी लकडाउनबाट अतिप्रभावित दैनिक ज्यालादारी गरी खाने ती परिवारलाई जनसमग्र उत्थान केन्द्रले प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो नून, दुई लिटर खानेतेल, दुई किलो चिनी र चार वटा साबुन प्रदान गरेकोछ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम