सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

राजविराजको आइसोलेशन सेन्टर मा चरम लापरवाही युवा नैता सत्येन्द्र यादव आक्रोश



सप्तरी जिल्लाको सदरमुकाम राजबिराज को साईकृष्षा मेडिकल मा रहेको आइसोलेशन सेन्टर मा चरम लापरवाही जानि जानि आइसोलेशन सेन्टरको व्यबस्थापन समिति लगाएत राजनैतिक दल ले दिन प्रतिदिन गरिरहेको छ।

उक्त आइसोलेशन सेन्टरमा गाई भैंसी जस्तो व्यवहार गरिरहेको आइसोलेशन सेन्टरमा बसिने बिरामी हरूको भनाई दिन प्रतिदिन लाईभ भिडियो सार्वजनिक हुदै आएको छ। यस्तो चरम लापरवाही प्रति हामी सम्पूर्ण युवा मर्माहित बन पुगेका छौ। यस्तो चरम लापरवाही प्रति हामीहरू सम्पूर्ण युवा शक्ति पुर्व सिंचाई मन्त्रि उमेश यादवको नेत्रित्वमा शान्ति पुर्ण प्रदर्शन पनि गरेको छौ।

यस्तो लापरबाही प्रति अब हामीहरू काठा भन्दा काठा ठोस निर्णय लिन्छु। यस्तो लापरवाही प्रति ध्यान दिएन भने थप अगाडि बढने छु युवा नैता सत्येन्द्र यादवले बताउनु भएको छ।

सप्तरी को आइसोलेशन प्रति ध्यानाकर्षण गराउँदै युवा नैता सत्येन्द्र यादवले भनु भएको छ।

१ .आज उनीहरु जुन ठाउँमा छ, हामी त्यहाँ जादैनन् भन्न सकिदैंन। सबै लाई समान व्यवहार गरौ , कोई आइसोलेशन, कोई Five स्टार होटल, कोई होम आइसोलेशन नगरौ, सरकारले तोकिएको मापदण्ड लाई ख्याल गरि तोकिएको खाना ,चिया, नास्ता र सरसफाई को उचित प्रबन्ध गरौ।

२.आइसोलेशन मा भइरहेको कथा कसले सुन्छ उनीहरू को ब्यथा, खोई त सम्बन्धित निकाय, कहाँ मौन छ।

३.आईसोलेसनमा एक छाक खाना खर्च १५१ र अण्डा ३० गरी १८१ रुपैयाँ छुट्याएको छ।

४.आइसोलेशन मा मोटो चामल को भात, बन्धा कोबि र पानी नै पानी भएको दाल दिइरहेको छ।

५.खाजा/चियामा १२५ रुपैया खर्च छुट्याएको छ।

६.आइसोलेशन मा विहान को पानी वाला कालो चिया र दुई वटा पाउरोटी दिइरहेको छ‌‌।
साँझ तिर थोरै चना र कहिले काँही चाउँचाउँ दिइरहेको छ।

तपाईंहरु सामु आइसोलेशन मा रहेका साथीहरू को गुनासो लाई सार्वजनिक गरिएका छौ। कोरोना पिडित दाजु भाई तथा दिदीबहिनीहरु रहेको आइसोलेशन मा दिइएको खाना, बस्ने, चिया नास्ता र सरसफाई कार्य प्रति घोर भ्रत्सना गर्दै सम्बन्धित निकायको को छिटो भन्दा छिटो ध्यान आकर्षण होस् नभए तपाईंहरु को कर्तुको कारणले हामी आन्दोलित हुन बाध्य हुनेछौं ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम