सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

नरसिंह हिन्दू सेनाका अध्यक्ष विष्णु प्रताप साह लाई बिना कारण प्रहरीले पक्राउ :

राजविराज । नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई विना कारण पक्राउ गरी थुनामा राखेको आरोप उनका समर्थकहरुले लगाएका छन् ।

सामाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा उल्टै समुदायबीच अफवाह फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समर्थकहरुले जनाएका छन् । उनलाई बिना कारण र झुठो आरोपमा पक्राउ गरिएको नरसिँह हिन्दु सेना नेपालले जनाएको छ ।

साहले समाजिक अपराध विरुद्ध आवाज बुलन्द गर्दा उनलाई हिन्दु मुस्लिम बीचको अफवाह फैलाउने कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेकोमा उनका समर्थकहरुले आपत्री जनाएका छन् ।

सप्तरीको कडरवोनास्थित एक किशोरीलाई विगत १ वर्षदेखि सोही स्थानका एक ४० बर्षिय पुरुषले सताइरहेको, दुःख दिरहेको जानकारी पाएपछि साहले प्रहरीमा उजुरी गर्न गएको बेला उनलाई पक्राउ गरिएको बताइएको छ । किशोरीलाई दुःख दिने पुरुषलाई कार्वाहीको माग गर्दै स्थानीय प्रहरीमा रिपोर्ट गर्न जाँदा सताउने व्यक्तिको समुदायले सो कुराको भनक पाएर पहुँचबाला व्यक्तिसँगको दबाबमा साहलाई तत्कालै पक्राउ गरिएको साहको तर्फबाट वकालत गरिरहेका अधिबक्ता विनोद पाण्डे जानकारी दिए ।

जाहेरी बिना नै उजुरी गर्न गएको साहलाई उल्टै पक्राउ गरी थुनामा राखिएको उनका समर्थकहरुले जनाएका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक राजाराम केसरीले सामाजिक संजालमा शान्ती सुरक्षा माथि आँच आउने किसिमको सामग्री राखेपछि प्रहरी प्रतिबेदनको आधारमा उनी माथि मुद्दा चलाएको बताए ।

यता, उनका समर्थकहरुले प्रदेश २ का मुख्यमन्त्री राउतको दबाब र प्रभावमा परेर नेपाल प्रहरीले उनलाई बिना कारण पक्राउ गरिएको सामाजिक संजालहरुमा लेख्दै आएका छन् ।

फेसबुक र ट्वीटरमा साहको समर्थकले विष्णु प्रताप साहलाई रिहा नगरे यसपछि सृजना हुने अवस्थाको जिम्मेवारी मुख्यमन्त्री लालबाबू राउतले लिनुपर्ने चेतावनी समेत दिएका छन्!

साभार :- khojendra.com

Comments

Popular posts from this blog

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम