सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरी जिल्लाको लापरवाही आइसोलेशन प्रति वुद्धिजिवी युवाहरु द्वारा चेताबनी!


नबिन यादव , साउन २०
सप्तरी जिल्लाको सदरमुकाम राजबिराज रहेको साईकृष्षा मेडिकलमा रहेको आइसोलेशन सेन्टरमा चरम लापरवाही भएको वुद्धिजिवी ,समाजसेवी युवा बलराम यादव ,बिषनु यादब , बिकी सिहं, मोहन यादव, अनवर अल्ली ,सुगन सिह ,राजु मंडल ,सतेन्द्र यादव अरोप लगाएका छन् । उक्त आइसोलेस्न बाट सम्बन्धि सबै ब्यक्ति एवं निकायको मिलोमतोमा लापरबाही भएको यादवले बताएका छन् ।

सरकारले आइसोलेसनको लागी तोकेको मापदण्डको धज्जिया उडाइएको छ भने सरकारले उपलब्ध गराउन भनेको खाने बस्ने र उपचारको सुबिधा नाउमात्रको रहेको पाइएको यादवले आरोप लगाएका छन् ।

उक्त आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितहरुले लाइभ भिडियो सार्बजनिक गरि त्यहाँको कमि कमजोरी एवं लापरबाहीलाइ सार्बजनिक गरि सकेका छ्न । त्यसा आइसोलेसन सेन्टरलाइ ब्यवस्थित बनाउन निरंतरता बिरोध एवं खवरदारी गरिएको छ , पुर्ब सिचाइ मन्त्री उमेश यादवको नेतृत्वमा शान्तिपुर्ण प्रदर्शन भएकै हो तर अहिले सम्म समस्या ज्यो का त्यो छ ।

संक्रमितलाइ पोस्टिक खाना खुवाउन , उचित हेरचाहका लागी सरकारले बजेट देकैछ तर आइसोलेसनका ब्यवस्थापन पक्षले भने पुर्णरुपमा गैरजिम्मेवारी पन देखाइ पीडित संक्रमितलाइ सेवा सुबिधाको अभावमा बिच्चली बनाएर राखिएको छ ।


यि सबै कुरा गर्दै युवा नेता तथा समाजसेवी बलराम यादव ,बलराम यादव ,बिषनु यादब , बिकी सिहं मोहन यादव, अनवर अल्ली ,सुगन सिह राजु मंडल सतेन्द्र यादव भवुक र आक्रोशित हुदै यस विषयमा सबै जनता एक भएर अवाज नउठाए भोलीका दिनमा परिणाम गम्भीर हुने बताए भने भोलीका दिनमा के थाहा तपाई हामीको परिवार र इस्ट मित्र कोरोना संक्रमित भएर यो आइसोलेसनमा आउन पर्यो भने के गर्ने ?? भनी प्रती प्रश्न गरेका छन् ।

यस्तो लापरबाही प्रति ध्यान दिएन, भने ठुलो आन्दोलन को साथ तालाबन्दि समेत गरिने छौ । सम्पूर्ण युवा शक्ति समाजसेवी बलराम यादव ,बिषनु यादब , बिकी सिहं मोहन यादव, अनवर अल्ली ,सुगन सिह ,राजु मंडल, सतेन्द्र यादव ले बताउनु भएको छ।

Comments

Popular posts from this blog

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम