सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

जनकपुरमा अस्पतालको डाक्टर र रेडक्रसको लापरबाहीले एक महिलाको मृत्यू

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित राम जानकी हस्पिटलमा डाक्टर र रेडक्रसको लापरबाहीले प्रसुती गराउन आएकी एक महिलाको मृत्यू भएको छ ।

फरक ब्लड गु्रप चढाएपछि महोत्तरीको गौशाला घर भएकी २२ वर्षीया गंगादेवी महतोको आज विहान मृत्यू भएको हो । अप्रेश्न गरेर प्रसुती गराएपछि ति महिलाको स्वास्थ्य अवस्था बिग्रेको थियो । डाक्टरले ब्लड चढाउनुपर्छ भनेपछि आफ्न्तले स्याम्पल लिएर रेडक्रसमा गएर ब्लड ल्याए । रेडक्रसले अर्कै गु्रपको ब्लड दिए र डाक्टरले पनि त्यही ब्लड चढाएपछि उनको मृत्यू भएको बुझिएको छ ।

मृतकका आफ्न्त रामहरी महतोले रेडक्रस र डाक्टर दुबैको लापरबाही देखिएको बताएका छन् । उनले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । अहिले अस्पतालका डाक्टरहरु फरार भएका छन् । 

Comments

Popular posts from this blog

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम