सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको आइसोलेशनको सहि सत्य तथ्य आबाज उठाउदा , कोरोना बिरामी पाए यस्तो पिडा

साउन‐२५

सप्तरी -नबिन यादब 


राजविराज स्थित साई कृष्ण मेडिकल कलेज मा रहेको अस्थायी आइसोलेशन सेन्टर मा कोरोना संक्रमित भइ भित्र आएको दिन बस्ने स्थिति थिएन, चौतर्फी फोहोर नै फोहोर को अवस्था देख्दा मन घृणित हुन पुगेको थियो, कहाँ आइसकेको छु, कसरी यस्तो फोहोर बाट संक्रमित मुक्त भइ बाहिर निस्कने भइरहेको अवस्थामा पिडित साथीहरु संग कुराकानी गर्दै सरसफाई भन्दा पनि अगुणस्तरीय खाना नास्ता खुवाउँदै छ, । 


संक्रमित साथीहरुले बिगत को भोगाईहरु को बारेमा घण्टो व्यथित सुनायो र त्यतिबेला नै मन मस्तिष्क देखि एउटा सत्य को अवाज उठाउन अटोट गरि सके पछि लगातार आज सम्म भित्र भोगिरहेका गुणासोहरु समाजिक सञ्जाल मार्फत भिडियो कन्फरेन्स को साथै समय समयमा मोबाइल बाट लाईभ गरेर सत्य तथ्य सार्वजनिक गर्न शुरु गरे ।


उक्त आइसोलेशन को अधिकांश संक्रमित साथीहरु को साथ र सहयोगले सरसफाई सहित अगुणस्तरीय खाना को लागि अवाज उठाउँदा बाहिर रहेको युवा, बिधार्थी, दाजु भाई तथा दिदीबहिनीहरु को साथ पाउँदा निकै हर्सित महसुस भएको थियो।अब हाम्रो मांग समस्याहरु समाधान हुन्छ। 

आइसोलेशन प्रमुख डा रंजित झा सर द्वारा मिडिया मा खुलेआम केही गुण्डाहरु भनेर सम्बोधन गरेको कुरा सबैलाई अवगत भएकै हो तथापि संघर्ष मा रति भरी नडराई सत्य तथ्य को लागि लडिरहदा डिस्चार्ज भएका होस्पिटल को स्टाफ र केही उनका आफन्तहरू लाई प्रयोग गरि सुनियोजित तरिकाले पिडितहरुको विरोध मा ‌बोल्न लगाएर मात्र बसेन झन समस्या समाधान नगरी विवादलाई उग्ररुप सहित सत्य तथ्य लाई ढाकछोप गर्न म लगायत संक्रमित साथीहरु माथि झुठा आरोप लगाएर चरित्र हत्या गर्न कुनै कसर बाँकी राखेनन्। 


मेरो माथि आरोप स्टाफहरु लाई लखेटियो,सिसि क्यामेरा फोडियो भनेर जनसमुदायलाई भ्रमित पार्न मिडियाकर्मीहरूलाई जानकारी गराएर , ति कुराहरु लाई अधार बनाई घटना स्थल नपुगि र संक्रमित साथीहरु संग पनि कुनै सम्पर्क नगरि, केही पत्रकारहरूले समाचार सम्प्रेषण गर्दा सम्पूर्ण कोरोना पिडित साथीहरु को अवाजलाई दबाउन प्रयास गरेको महसुस सहित मर्माहित तुल्याएको थियो । 


त्यसको भोलिपल्ट खण्डन गरेर समाजिक सञ्जाल मार्फत जनसमुदायलाई जानकारी गराउन खोज्दा नेपाल फोटो पत्रकार संघ द्वारा उल्टै मलाई कार्बाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको कुरा सुनेर झन म लगायत निष्ठावान साथीहरु को होसला कमजोर बनाउन प्रयास गरिएको छ । 


साथै समाचार मा केही तुरीटी भएको मिडिया साथीहरुले आत्मसात गर्दै आइसोलेशन सेन्टर मा भएको चरम लापरवाही प्रति सत्य तथ्य न्यूज सप्तरी लगाएत अन्य जिल्ला बाट जुन तारिका बाट बिगत मा सामाचार सम्प्रेशण गर्नु भएको थियो , त्यसको लागि सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु। 


मुस्तकिम आलम

समाजसेवी एवम् युवा अभियन्ता

कोरोना पिडित

(हाल- साई कृष्ण मेडिकल कलेज अस्थायी आइसोलेशन सेन्टर राजविराज भित्र बाट)

Comments

Popular posts from this blog

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम